रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा झा नियुक्त, भन्छन्-रेललाई नाफामा लान्छु

<p>काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले  दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ [&hellip;]</p>

काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो ।

झाले  दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ उनले भने ।

कम्पनीलाई नाफामा लैजानको लागि पनि आफ्नो भूमिका हुने झाले जानकारी दिए ।

झा कम्पनीमा पहिलो पटक भदौ २०७८ मा संघीय समाजवादीको कोटामा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको पदावधि सकिए लगत्तै मन्त्रालयले उनैलाई पुन नियुक्त गरेको हो ।

Share News