आरम्भ माइक्रो फाइनान्सद्धारा ३ शाखा कार्यालय विस्तार, थप ५ कार्यक्षेत्र विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति

<p>काठमाडौं, १५ मंसिर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै साथ थप तिन शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाले २०७३ मंसिर १५ बाट सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गरेको हो । अब संस्थाको कुल शाखा संख्या १६ पुगेको छ । आरम्भ माइक्रोफाइनान्सले थप [&hellip;]</p>

Aarambha Microfinanceकाठमाडौं, १५ मंसिर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै साथ थप तिन शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाले २०७३ मंसिर १५ बाट सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गरेको हो । अब संस्थाको कुल शाखा संख्या १६ पुगेको छ ।

आरम्भ माइक्रोफाइनान्सले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत प्राप्त गरेको छ । यस संगै संस्थाको कार्यक्षेत्र पनि १५ जिल्ला पुगेको छ ।

संस्थाले १ करोड १८ लाख रुपैयाँ भन्दा बढि रकम बचत संकलन गरी हालसम्म २१ करोड ३४ लाख रुपैयाँ लगानी गरेको कम्पनीले बताएको छ । करिव ६ करोड ६६ लाख रुपैयाँ असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम १४ करोड ६८ लाख रुपैयाँ रहेको फाइनान्सले जनाएको छ ।

यसै आर्थिक बर्ष भित्र संस्थाले ११ हजार भन्दा बढि विपन्न घर परिवारलाई लघु वित्तीय सेवा उपलव्ध गराई करिब ३० करोड लगानी रहने गरी काम गर्ने लक्ष्य लिएको छ । हालै मात्र संस्थाले १ः१ प्रतिशतले हकप्रद शेयर जारी गरेकोमा चुक्ता पूँजी १ करोड २ लाखबाट २ करोड ४ लाख रुपैयाँ तथा जारी पूँजी २ करोड रुपैयाँबाट ४ करोड रुपैयाँ पुरयाउने काम अन्तिम चरणमा पुगेको छ ।

यसैगरी सर्वसाधरणको लागि शेयर निष्काशन गर्नु पुर्वनै यस वित्तीय संस्थाले पुनः २ः१ प्रतिशतले हकप्रद शेयर जारी गरि संस्थाको जारी पूँजी ६ करोड रुपैयाँ तथा चुक्ता पूँजी ३ करोड ६ लाख रुपैयाँ पुर्याउने योजनाका साथ अगाडि बढिरहेको छ ।

सो पश्चात आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने पनि संस्थाको योजना रहेको छ । यस वित्तीय संस्थाले आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने अभिप्रायले विप्रेषण सेवा दिने तयारी पनि गरिरहेको छ ।

Share News