हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

<p>काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समुह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा सुुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समुह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा सुुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालय मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो संस्थाले करीब १ अर्ब बचत संकलन गरेको छ भने यसको लगानी ४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

Share News