शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा

<p>काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्टले आम उपभोक्तालाई मध्यनजर गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरेको छ । कम्पनीले उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमै उपलब्ध गराउन उक्त सेवा शुरु गरेको हो । कम्पनीका अनुसार प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्षभन्दा [&hellip;]</p>

काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्टले आम उपभोक्तालाई मध्यनजर गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरेको छ । कम्पनीले उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमै उपलब्ध गराउन उक्त सेवा शुरु गरेको हो ।shivham-cement

कम्पनीका अनुसार प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्षभन्दा बढीको प्राविधिक कार्य अनुभव भएका सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेका छन् ।

उक्त प्राविधिक टिमले आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नम्बरमा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माण स्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउनेछ । उक्त प्राविधिक टिमलाई चुस्तसेवा प्रदान गर्न कम्प्रिहेन्सिभ टेस्टिङ मेसिन जडित टेक्निकल भ्यानको निःशुल्क सेवा सोमबारबाट शुभारम्भ गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Share News