नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको सीईओ नियुक्त

<p>&nbsp; काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो । यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए । म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका [&hellip;]</p>

 

काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो ।

यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए ।

म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनसँग प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो ।

उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि समालेका थिए ।

उनले नविल बैंकबाट बैंकिङ क्षेत्र करिअर शुरू गरेका थिए ।

Share News