शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन

<p>काठमाडौं । विद्यालय शिक्षा विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले मंगलबार प्रत्रकार सम्मेलन गरेर संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन् । विधेयकमा प्रस्तावित कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरेको भन्दै विद्यालय सञ्चालकले विधेयकको विरोध गरेका छन् [&hellip;]</p>

काठमाडौं । विद्यालय शिक्षा विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् ।

प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले मंगलबार प्रत्रकार सम्मेलन गरेर संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

विधेयकमा प्रस्तावित कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरेको भन्दै विद्यालय सञ्चालकले विधेयकको विरोध गरेका छन् ।

विधेयकमा निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको विद्यालय सञ्चालकहरुको भनाई छ ।

उनीहरुले देशभर विद्यालय बन्द गर्ने घोषणा समेत गरेका छन् ।

उनीहरुले बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समन्वय इकाइ÷प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने बताएका छन् ।

बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने विद्यालय सञ्चालकहरुले बताएका छन् ।

साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरुले बताएका छन् ।

त्यस्तै भदौ १ गते विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए ।

निजी क्षेत्रले सरकारले शिक्षा गरेको लगानी जत्तिकै लगानी गरिरहेको तर, विधेयकमार्फत निजी लगानीलाई निरुत्साहित गर्न खोजेको विद्यालय सञ्चालकहरुले बताएका छन् ।

Share News