अढाइ महिनापछि फारम भर्न खुला, लाइसेन्सको फारम लिन मध्यरातदेखि लाइनमा

<p>काठमाडौं १०, मंसिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरू मध्यरातदेखि नै लाइनमा बस्न थालेका छन्। लाइनमा बस्दासमेत फारम भर्न नपाएको उनीहरूको गुनासो छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेका [&hellip;]</p>

काठमाडौं १०, मंसिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरू मध्यरातदेखि नै लाइनमा बस्न थालेका छन्। लाइनमा बस्दासमेत फारम भर्न नपाएको उनीहरूको गुनासो छ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेका अनुसार दुई महिनाभन्दा बढी समयसम्म लाइसेन्स दिने प्रक्रिया ठप्प हुँदा करिब १६ हजार जना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएनन् ।yatayat-21

‘फारम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको हो,’ उनले भने । त्यस्तै, काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको अनुमतिपत्र दिने एक मात्र यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले दैनिक ६ सय फारम मात्र वितरण गरिरहेको छ।

ट्रायल सेन्टर अभावका कारण दैनिक ६ सयभन्दा बढी फारम वितरण गरे पनि त्यसपछिको प्रक्रिया अघि बढाउन नसकिने भएकाले ६ सयमा सीमित गरिएको यातायात व्यवस्था विभागको भनाइ छ । एक दिनमा ६ सय फारम मात्र किन रु विभागसँग साइसेन्स लिनका लागि दिनुपर्ने लिखित परीक्षा हुने हल दुईवटा रहेका छन् ।

ती हलमा दिनभरमा विभिन्न सिफ्टमा गरेर ६ सयजनाको मात्र परीक्षा लिन सकिन्छ। अर्कोतिर लिखित परीक्षा पास गर्नेलाई लिइने प्रयोगात्मक परीक्षा ९ट्रायल० केन्द्र पनि दुईपांग्रेको मीनभवन र चारपांग्रेको रामशाहपथमा एक–एकवटा मात्र छन् ।

रातको समयमा ट्रायल लिन सक्ने सम्भावना छैन, एउटा परीक्षार्थीले ट्रायल दिन पनि पाँचदेखि १० मिनेट समय लाग्ने भएकाले त्यहाँ पनि भीड हुने गरेको छ । विभागका अनुसार गुर्जुधारामा नयाँ ट्रायल सेन्टर निर्माण थालिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

Share News