काठमाडों, ९ मंसिर । सिप्रदिको नेपालभरीका २४ वटा सर्भिस सेन्टरमा एकैसाथ संचालन भएको ग्लोवल सर्भिस क्याम्प एक समारोह बीच सम्पन्न भएको छ । मंसिर ६ देखी ८ गते सम्म संचालन भएको उक्त क्याम्पमा ३१६२ वटा टाटा कमर्सियल गाडिहरुले निःशुल्क सर्भिस, ब्याट्री, इलेक्ट्रिकल चेकअप, फ्यूल इन्जेक्सन पम्प चेकअपको साथमा म्याक लुब्रिकेन्टस्मा २० प्रतिशत छुट तथा टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट प्राप्त गरेका छन् । त्यसै अवसरमा ७१५जनाले निःशुल्क आखाँ जाँच, ११०८ जनाले निः शुल्क स्वास्थ्य जाँच ५६२ जनाले सुरक्षित ड्राइभिङ्ग सम्वन्धि तालिम, २४५ जना एच. आइ. भी. एड्स जनचेतना तालिम र ४० जना ग्रहाकहरु करीअर काउन्सिलीङ्ग तालिममा सहभागी भएका थिए ।

समापन समारोहमा टाटा मोटर्स ग्रहाक सेवा इन्टरनेसनल विजनेस हेड गणेश सेठ्ठी तथा टाटा मोटर्स ग्रहाक सेवा क्षेत्रीय प्रवन्धक सार्क अन्सुमन सामन्त को पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा टाटा मोटर्सले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिता “सार्क लेभल स्किल फेस्ट च्याम्पियनसीप २०१६” का विजेता इन्जिनियर सन्दिप गुरुङ्गलाई ५० हजार रुपैयाँको चेक, ट्रफि तथा प्रमाणपत्रले सम्मान गरेका थिए । त्यसैगरी ट्रेडिङ्गका प्राविधिक राजेश हरि श्रेष्ठ अन्तराष्ट्रिय प्रतियोगिता “ग्लोबल टेक फेष्ट च्याम्पियनसीप २०१६” का विजेतालाई १ लाख २५ हजार रुपैयाँको चेक, ट्रफि तथा प्रमाणपत्रले सम्मान गरीएको थियो ।
त्यसैगरी १६ जना ग्रहाकहरुलाई हाई माइलेज अवार्डले सम्मान गरीएको थियो । ५६ जना भाग्यशाली ग्रहाकहरुले दैनिक लक्कि ड्र वाट मोवाइल सेट जितेका छन् । भाग्यशाली ग्रहाक होम बहादुर गुरुङ्गले बम्पर पुरस्कारमा ४० इन्चको एल. इ. डि. टेलिभिजन जितेका छन् ।