लिएगो ब्राण्डको नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै

<p>काठमाडौं, ८ मंसिर । नेपाली बजारमा नयाँ नयाँ ब्राण्डका स्मार्ट फोनहरु भित्रिरहेको अवस्था अर्को ब्राण्डको स्मार्ट फोन थपिने भएको छ । चीनमा निर्माण गरिएको लियागो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा थपिने भएको हो। नेपालको लागि आधिकारिक बिक्रेता रहेकोजेएसएस ग्रुपले पत्रकार सम्मेलन गरी लिएगो ब्राण्डको स्मार्ट फोन नेपाली बजारमा ल्याउन लागिएको जानकारी दिएको छ । कम्पनीका [&hellip;]</p>

liagoo_fonकाठमाडौं, ८ मंसिर । नेपाली बजारमा नयाँ नयाँ ब्राण्डका स्मार्ट फोनहरु भित्रिरहेको अवस्था अर्को ब्राण्डको स्मार्ट फोन थपिने भएको छ । चीनमा निर्माण गरिएको लियागो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा थपिने भएको हो।
नेपालको लागि आधिकारिक बिक्रेता रहेकोजेएसएस ग्रुपले पत्रकार सम्मेलन गरी लिएगो ब्राण्डको स्मार्ट फोन नेपाली बजारमा ल्याउन लागिएको जानकारी दिएको छ । कम्पनीका अनुसार यो मोबाइल चार सिरिजका ११ मोडल बजारमा आउनेछ।
अव नेपाली बजारमा आउन लागेको लिएगो स्टाइलिस मोवाइल अन्य मोवाइल भन्दा सस्तो गुणस्तर र भरपर्दो रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले दावी गरे । उनले सवजै प्रकारका उपभोक्तालाइृ लक्षित गरी स्टाइलिस फोन ल्याउन लागिएको जानकारी दिए । दुई बर्ष अगाडीबाट निर्माण थालीएको यो फोन विश्व बजारमा २५ वटा देशमा मार्केट विस्तार गरिसकेको छ ।

वंशलले भने– ‘हामी फोन बेच्ने मात्र नभइ विक्रिपछि सेवा दिने गरी देशभरी ३८वटा सर्भिस सेन्टर खोल्न लागेका छौं। उनका अनुसार सवै प्रकारका मोवाइलहरु मंसिर १० गतेबाट नेपाली बजारमा सार्वजनीक गरिने छ ।

Share News