आइटी पार्क सञ्चालनको माग, क्यानले भन्यो- ‘हामी चलाउँछौं’

<p>काठमाडौं,७ मंसिर। काभ्रेको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकारवालाहरुले पुनः माग गरेका छन्। पार्कको बनोटको जिम्मेवारी र प्रकृति अनुसार काम नभएको भन्दै पार्क पुन सञ्चालनका लागि माग उठेको हो। कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेको १२ औँ वार्षिक साधारणसभामा यस्तो माग उठेको हो। कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि [&hellip;]</p>

काठमाडौं,७ मंसिर। काभ्रेको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकारवालाहरुले पुनः माग गरेका छन्। पार्कको बनोटको जिम्मेवारी र प्रकृति अनुसार काम नभएको भन्दै पार्क पुन सञ्चालनका लागि माग उठेको हो।
it-park-banepa
कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेको १२ औँ वार्षिक साधारणसभामा यस्तो माग उठेको हो। कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताएका छन्।

आइटी पार्क केयु वा कुनै संस्थालाई सञ्चालन गर्न दिनु महासङ्घका लागि मान्य नहुने उनको भनाइ थियो। सरकारले आइटी पार्क सञ्चालन गर्न सक्दैन भने त्यसको जिम्मेवारी क्यान महासङ्घले लिन तयार भएको भन्दै अध्यक्ष ढकालले आइटी पार्कको भौतिक पूर्वाधारदेखि सबै काम प्रभावकारी ढङ्गले सञ्चालन गरिने तर्क गरे।

सांसद कञ्चनचन्द्र वादेले सरकारले स्मार्ट सिटीका रुपमा व्याख्या गरे पनि बजेट दिन नसकेको आरोप लगाउँदै धुलिखेल, बनेपा र पनौतीलाई बजेट भए मोडेलको रुपमा विकास गर्न सकिने बताए।

Share News