पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता सुवेदी चयन

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता श्रृजना सुवेदी चयन भएकी छिन् । लामो समयदेखि पूँजी बजारको अनुभव संगालेकी लगानीकर्ता सुवेदीलाई महासंघको पूँजी बजार फोरमको सदस्यमा चयन भएकी हुन् । नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेकी सुवेदीलाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता श्रृजना सुवेदी चयन भएकी छिन् । लामो समयदेखि पूँजी बजारको अनुभव संगालेकी लगानीकर्ता सुवेदीलाई महासंघको पूँजी बजार फोरमको सदस्यमा चयन भएकी हुन् ।

नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेकी सुवेदीलाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् ।

लामो समयदेखि नेपालको पूँजी बजारलाई नजिकसँग बुझेका सुवेदीको नियुक्तिले आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।

Share News