फेकन वार्षिक साधारणसभाको अन्तिम तयारीमा, बस्नेत र निरौला समूह प्रतिस्पर्धाको मैदानमा

<p>काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका लागि हाल उपाध्यक्ष रहेका प्रज्वल बस्नेत र महासचिव राजु निरौलाले प्यानल बनाएर मैदानमा उत्रिएका छन् । केही व्यवसायीहरुले एउटै प्यानल बनाएर [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो ।

साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका लागि हाल उपाध्यक्ष रहेका प्रज्वल बस्नेत र महासचिव राजु निरौलाले प्यानल बनाएर मैदानमा उत्रिएका छन् । केही व्यवसायीहरुले एउटै प्यानल बनाएर अगाडि बढ्नको लागि पहल गरेको भएपनि अब सो सम्भावना करिब टरेकोले दुवै पक्षका उम्मेदवारहरु मतदाता आ–आफूतर्फ आकर्षित गर्नको लागि मैदानमा खटिएका छन् ।

फेकनको आगामी नेतृत्वका लागि प्रज्वल बस्नेतको नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिएका छन् । महासचिवमा कोषाध्यक्ष अनिल शर्मा, सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दीपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेतको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।

बस्नेतको प्यानलबाट कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, राजु निरौलाको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, उमेश कुशुवार र अमितबाबु ढुंगानाले उम्मेदवारी दिएका छन् । निरौलाकै प्यानलबाट महसचिवमा छबिन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल, ,सह–कोषाध्यक्षमा गौतम पुडासैनी र सदस्यहरुमा सन्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, रोशन खरेल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश हमाल र राजु ढकालले पनि निरौलाको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

दुबै समूहका उम्मेदवारहरु फेकनमा आबद्ध भएका व्यवासायीहरुबीचमा परिचित भएकाले प्रतिस्पर्धा उत्कर्षमा हुने देखिएको छ । यद्यपी, कतिपय पदाधिकारी तथा सदस्यहरुले भने व्यक्तिगत लोकप्रियताको आधारमा बढी मत ल्याउन सक्ने अनुमान पनि गरिएको छ ।

फेकन शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने व्यवसायीहरुको संस्था हो । साधारणसभामा एकसय ६१ जना मतदाता सहभागी हुने निश्चित भएको छ । तर, विगतमा सदस्य भएका र अन्तिम समयमा नवीकरणबाट छुटेका सदस्यहरुको हकमा सहमती भएमा अझैपनि नवीकरण हुनसक्ने जनाइएको छ ।

चुनावी मैदानमा उत्रिएका दुवै पक्षका उम्मेदवारहरुले शैक्षिक परामर्श व्यवसायीहरुकै हितमा अधिकतम् काम गर्ने जनाइरहेका छन् । दुवै प्यानलबाट उम्मेदवार भएका अधिकांश व्यक्तिहरु फेकनको स्थापनाकालदेखि नै संस्थामा आबद्ध भएर व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । त्यसैले, सामान्यतया उम्मेदवार देखि सदस्यहरुले मैत्रीपूर्ण ढंगले निर्वाचनको वातावरण बनाएको देखिन्छ । साधारणसभा शनिबार काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा हुने भएको छ ।

Share News