विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै युवा

<p>पाल्पा, ५ मंसिर । काम गर्न सके आफ्नै देशमा के हुँदैन ? यहि विचारलाई मनन गर्दै रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन गर्ने निर्णय गरे र व्यवसाय शुरु गरे । आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैंयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे । [&hellip;]</p>

पाल्पा, ५ मंसिर । काम गर्न सके आफ्नै देशमा के हुँदैन ? यहि विचारलाई मनन गर्दै रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन गर्ने निर्णय गरे र व्यवसाय शुरु गरे ।

bakhra-palan
आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैंयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे । उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा ४ लाख रुपैंयाँसम्म आम्दानी गर्ने भट्टराई भन्छ– ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो । यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’
आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर एकलाख रुपैंयाँ बराबरको आम्दानी गरेका छन् । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एकलाख रुपैंयाँ र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार रुपैंयाँ अनुदान पनि प्राप्त गरेका छन् ।
दुई सय वटा बाख्रापालेर वार्षिक ६ लाख रुपैंयाँभन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट लिएका छन् । रासस

Share News