निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिनुपर्ने, नदिए महानगरमा उजुरी गर्न बालेनको निर्देशन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयका शिक्षक सरहकाे तलब सुविधा प्रदान गर्न निर्देशन दिएका छन् । मेयर शाहले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएकाे तलब प्रदान गर्न निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको उनले बताए [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयका शिक्षक सरहकाे तलब सुविधा प्रदान गर्न निर्देशन दिएका छन् । मेयर शाहले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएकाे तलब प्रदान गर्न निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको उनले बताए । ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ’, मेयर बालेनले उल्लेख गरेका छन् ।

सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि उपलब्ध गराउन सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको उनले बताए । यदि तोकिएको तलब सुविधा प्राप्त नभएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न मेयर बालेनले संस्थागत अनुरोध गरेका छन् ।

Share News