काठमाडौं महानगरले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने, मेट्रो मार्टलाई एक करोड बजेट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने बताएकी हुन् । &#8216;स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने बताएकी हुन् ।

‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ उनले भनिन् ।

उक्त पेय प्रदार्थको ब्राण्डिङ सहकारी मार्फत गर्ने भएको छ ।

त्यस्तै, संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाएको छ ।

महानगरले उत्पादन र उपभोगलाई जोड्न अनलाईन ई कमर्श पोर्टल मार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Share News