काठमाडौ, ३ मंसिर । हिमालय एअरलाइन्सले आगामी छुट्टीहरुको मौसम –क्रिसमस, नयाँ वर्ष २०१७ र जाडोको बिदालाई मध्यनजर गरेर कोलोम्बो, श्रीलंकाको लागि ‘एयर इण्ड स्पेशल’ अफर ल्याएको छ । एअरलाइन्सले दोहोरो टिकटदर (आउने जाने खर्च) प्रतिव्यक्ति न्यूनतम ३९ हजार ५०० तोकेको छ । त्यसमा यात्रुहरुले प्रतियात्री ३० किलोको सामान बोक्न पाउने सुविधा पाउने छ ।
तर उक्त टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क लागू नहुने जनाएको छ ।सहुलियत टिकट मंसिर १ गतेदेखि पुस १६ २०७३ सम्म खरिेद गरिसक्नु पर्ने छ भने मंसिर १ गतेदेखि चैत १८ २०७३ सम्ममा कोलोम्बो यात्रा गरिसक्नुपर्ने छ । यस अफरले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्न, व्यापार र लगानीको अवसर बढाउने आशा कम्पनीले राखेको छ ।