मूल्यवृद्धि दर घट्यो, विदेशी बस्तु सस्तिदा स्वदेशी बस्तु महँगियो, कर्मचारीकाे तलव १४ प्रतिशतले वृद्धि

<p>काठमाडौं, ३ मंसिर । उपभोक्ताको लागि खुशीको खवर छ । खाद्यन्य बस्तुको मूल्यवृद्धि दर पहिला भन्दा घटेको छ । तर नेपाली उत्पादन महँगिएका छन् । विदेशबाट आयातित बस्तुहरु सस्तो भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असोज महिनामा उपभोक्ता मुद्रास्फीतिदर ६.७ प्रतिशतमा ओर्लेको छ । २०७३ आसार महिनामा यस्तो मुद्रास्फीति १०.४ [&hellip;]</p>

काठमाडौं, ३ मंसिर । उपभोक्ताको लागि खुशीको खवर छ । खाद्यन्य बस्तुको मूल्यवृद्धि दर पहिला भन्दा घटेको छ । तर नेपाली उत्पादन महँगिएका छन् । विदेशबाट आयातित बस्तुहरु सस्तो भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

nrbराष्ट्र बैंकका अनुसार गत असोज महिनामा उपभोक्ता मुद्रास्फीतिदर ६.७ प्रतिशतमा ओर्लेको छ । २०७३ आसार महिनामा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत थियो । २०७२ असोज महिनामा ८.२ प्रतिशत रहेको थियो । २०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ भदौ महिनामा ७.९ प्रतिशत थियो । सरकारले वार्षिक मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको केन्द्रीय बैंकले जनाएको छ ।

असोजमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ ।
गैर–खाद्य तथा सेवा समूह समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ ।

उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ

तलव १४ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको छ । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले ज्यालादर सूचकाङ्क भन्दा तलब सूचकाङ्कमा उच्च वृद्धि भएको हो ।

तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप– समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः १५.७ प्रतिशत, १३.५ प्रतिशत र १२.३ प्रतिशतले वृद्धि भएको छ ।

Share News