काठमाडौं, ३ मंसिर । सरकारको खातामा १९६ अर्ब ६२ करोड रुपैयाँ बचत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व संकलन उच्च रहेको तर सरकारी खर्च कम भएकोले सरकारी ढुकुटीमा बचत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
‘अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सरकारी खर्च वृद्धि भएको छ । तर बजेट अनुमानको तुलनामा खासगरी पुँजीगत खर्च न्यून रहेको छ’ राष्ट्र बैंकले भनेको छ ।
यसरी सरकारको ढुकुटीमा रकम जम्मा भएपछि र सरकारले खर्च गर्न नसकेपछि वित्तीय बजारमा तरलताको अभाव देखिएको छ । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमीले बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् भने निक्षेप तथा कर्जाको व्याज वृद्धि गरिरहेका छन् ।
पुँजीगत खर्च र पुनर्निर्माणको कार्यहरुको तीव्रता नआए आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने राष्ट बैंकको विश्लेषण रहेको छ ।