काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । जीवन विकास लघुवित्तले धेरै संख्यामा कर्मचारीको माग गरेको छ ।
लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको हो ।
बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी क्षेत्रमा ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
संस्थाका अनुसार आवेदन दिनको लागि सम्बन्धित विषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
