सफलता सम्भव छ पुस्तक लोकार्पण, प्रेरक विषयका ४१ लेख समावेश

<p>काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने लेखक डा. मदन बिष्ट र पत्रकार रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए । लेखकले सरल भाषमा सकारात्मक [&hellip;]</p>

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने लेखक डा. मदन बिष्ट र पत्रकार रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए ।

लेखकले सरल भाषमा सकारात्मक सोच र उत्प्रेरक विषयहरु प्रस्तुत गरेका छन् । पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, व्यवहार, एसम्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।

पुस्तकमा संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जीवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।

पुस्तकबारे टिप्पणी गर्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष पौडेलले यस्तो किताव संघ तथा प्रदेशका सांसददेखि उच्च तहमा बसेर नीति निर्माण गर्ने, सरकारमा बसेर निणर्य गर्नेहरुलाई पढाउनु पर्ने बताए । ‘युवा पुस्ता पढेलेखेका छन्, जान्नु बुझ्ने छन् तर नीति निर्माताहरुले राम्रो गर्न सकिरहेका छैनन् । देशको नेतृत्व गर्ने ठाउँमा बसेकाहरुबाट आशा जगाउने काम हुन सकेको छैन’ उनले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यस किताव पढेपछि युवा पुस्ता नेपाल छोडेर विदेश जान कम हुने विश्वास व्यक्त गरे । ‘अहिले युवाहरु लर्को लागेर देश छोड्दैछन् । यो किताव पढाउन सक्यो भने उनीहरुले पनि नेपालमा नै भविष्य देख्थे होलान, नेपाल मै बसेर काम गर्दथे होलान’ केसीले भने ।

पुस्तकबारे टिप्पणी गर्दै पत्रकार रोहित भण्डारीले हरेक पाठकलाई उर्जाशिल बनाउन योगदान गर्ने बताए । सफलता सम्भव छ पुस्तकका लेखक मल्लले मानिसमा सकारात्मक उर्जा प्रदान गर्न पुस्तक सहयोगि हुने विश्वास व्यक्त गरे । बैदेशिक रोजगारी, शिक्षण हुँदै दुई दशक भन्दा बढी बैकिङ व्यवसायमा संलग्न डा मल्ल एनएमबी बैंकका उप-प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

Share News