मर्जपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त बन्ने, चुक्ता पुँजी १ अर्ब नाघ्ने

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान बाटो खुलेको छ । असार ३ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले पारित गरेसँगै दुई संस्थालाई मर्जरमा जान बाटो खुलेको हो । उक्त सभाले दुई संस्था मर्जरमा जानेसहितको प्रतिवेदन पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम &#8216;नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान बाटो खुलेको छ । असार ३ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले पारित गरेसँगै दुई संस्थालाई मर्जरमा जान बाटो खुलेको हो ।

उक्त सभाले दुई संस्था मर्जरमा जानेसहितको प्रतिवेदन पारित गरेको छ ।

मर्जर पश्चात कम्पनीको नाम ‘नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

त्यसैगरी, मर्जर पश्चात संस्थाको शाखा सञ्जाल ७४ जिल्लामा कुल २०६ वटा, कुल ग्राहक सदस्य संख्या २ लाख १५ हजार, लगानीमा रहेको कर्जा १७ अर्ब २२ करोड रुपैयाँ तथा ग्राहक सदस्यहरुबाट संकलित बचत ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी पुग्ने छ ।

मर्जर पश्चात वित्तीय तथा आउटरिचका हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोकस गर्नुपर्ने संस्थाका प्रमुख कार्यकारी राम बहादुर यादवले बताए । र, सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधिको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको सीईओ यादवले बताए ।

Share News