काठमाडौं । साताको अन्तिदिन ठूला लगानीकर्ताहरुले सेयर बेच्न थालेपछि बजार राताम्मे बनेको छ । एभरेष्ट बैंक र नेशनल लाईफ इन्सुरेन्सले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रद सेयरका कारण लगानीकर्ताहरु ति कम्पनीहरुतर्फ ओइरिएको मौका छोपी ठूला लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेच्दा बजार ह्वात्तै ओरालो लागेको बजार विश्लेषकहरु बताउछन् ।

विहिबार नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घटेको छ भने सवै उपसुचकहरु पनि घटेका छन् । बैकिङ ४० दशमलव ९६ अंकले, होटल ५३ दशमलव ४४ अंकले, विकास बैंक ४१ दशमलव ६ जलविद्युत ६० २६ अंकले, फाइनान्स १२ दशमलव ५९ अंकले, विमा २४१ दशमलव ९५ र अन्य १० दशमलव ७ अंकले ओरालो लागेको छ ।
यसदिन पनि सवैभन्दा बढी एभरेष्ट बैंककै कारोबार भएको छ ।
विहिबार एभरेष्ट बैंंकको ५१ करोड ७० लाख बराबरको सेयर किनवेच भएको छ । बोनस र हकप्रद सेयरको हल्लाले आइतबार देखिनै कारोबार बढेको एभरेष्ट बैंकको सेयर मूल्य समेत प्रतिशत सेयर १६६ रुपैयाँले घटेर तीन हजार ६२९ रुपैयाँ पुगेको छ। त्यस्तै नेसनल लाइफ इन्सुरेन्सको १२ लकरोड ५० लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७ करोड बराबरको सेयर किनवेच भएको छ ।
यसदिन कमाउनेहरुमा रिडि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सिद्धार्थ डेभलपमेन्ट बैंक, नमस्ते वित्तिइ संस्था लगायतका रहेका छन् भने गुमाउनेहरुमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, सिभिल बैंक लिमिटेड, नेपाल ग्रामिण विकास बैंक लिमिटेका लगानीकर्ताहरु रहेका छन् । दिनभर १३५ कम्पनीका एक अर्व ५० करोड बरबरको सेयर विक्रि भएको नेप्सेले जनाएको छ । कारोबार रकमका हिसाबाले तेस्रो दिन पनि यी दुई कम्पनी नै अग्रस्थानमा छन् ।