काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ ।
नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र नेप्सेविच मंसिर १ गते सेयर सुचिकरण सम्झौता सम्पन्न भएको थियो । सेयर सुचिकरणको सुचना प्रकाशित भएको मितिले ७ दिनपछि मात्र नेप्सेमा बैंकको कारोबार सुरु हुने छ । बैंकको प्रधान कार्यालय बाग्लुङमा रहेको छ ।