काठमाडौं, १ मंसिर । लगानीकर्ताहरु यतिवेला एभरेष्ट बैंकमा तानिएका छन् । बुधबार मात्र बैंकको झण्डै ३९ करोड रुपैयाँ बराबरको सेयर किनेवेच भएको छ । यो बुधबार कारोबार भएको कुल रकमको ३३ प्रतिशत हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको २४७ औ बैंठकले ७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गरेको सुचना सार्वजनिक भएपछि एभरेष्ट बैंकको सेयर कारोबार ह्वात्तै बढेको हो । 
बुधबार मात्रै एभरेष्ट बैंकको १ लाख १ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको छ । यसदिन नेशनल लाइफ इन्सुरेन्सको पनि २२ करोड ७५४ लाख बराबरको सेयर किनवेच भएको छ ।
बुधबार समग्र नेप्से परिसुचक भने ३ दशमलव ०१ अंकले ओरालो लागेको छ । बैकिङ ५ दशमलव ६१ अंकले, विकास बैंक १३ दशमलव ६९ अंकले र जलविद्युत २३ दशमलव ९४ अंकले ओरालो लागेको छ ।
त्यस्तै होटल ४२ दशमलव ६८ अंकले, फाइनान्स १.३१ अंकले, विमा ६२.५८ अंकले र अन्य उपसुचक १ दशमलव १६ अंकले बढेको छ । यसदिन सवैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा सिर्जना फाइनान्सका लगानीकर्ताहरु कमाएका छन् । त्यस्तै अरुण फाइनान्स, नेसनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि कमाए । गुमाउनेहरुमा आइएलफसिओ माइक्रोफाइनान्स संस्था,महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् ।
दिनभर एक सय ३४ कम्पनीको एक करोड १९ लाख बराबरको १० लाख कित्ता सेयर विक्रि भएको छ ।