थाल ठटाउँदै विद्यालयका कर्मचारीले भने : असार १ गतेदेखि विद्यालय बन्द गर्छौं

<p>काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतबार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको विरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो । [&hellip;]</p>

काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतबार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको विरोध गरेका हुन् ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो ।

बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताए ।

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्नेपनि बताए ।

‘आज थाल बजाएर विरोध गरेका छाैं, थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले विरोध गरेका हौँ, २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन बन्द गर्नेछौँ, माग पूरा नहुन्जेलसम्म,’ उनले भने ।

उनीहरुले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरुा गर लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।

Share News