माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद निष्काशन, २० प्रतिशत बाेनस सेयर प्रस्ताव

<p>काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । उक्त हकप्रद सेयरका लागि मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म आवेदन र पैसा बुझाउन बैंकले सेयरधनीलाई [&hellip;]</p>

mbl_towerकाठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म आवेदन र पैसा बुझाउन बैंकले सेयरधनीलाई आह्वान गरेको छ । कात्तिक १२ गते बुक क्लोजहुनुपूर्व सेयरधारण गरेको सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् ।

माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालय र यस बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट् लिमिटेडबाट हकप्रद सेयरका लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

हाल तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार चुक्ता पूँजी रहेको यो बैंकले दुई सेयर बराबार एक सेयर अर्थात विद्यमान सेयरको ५० प्रतिशत सेयर निश्काशन गरेको हो । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड ६० लाख १० हजार रुपैयाँ हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट २० प्रतिशतका अर्थात ८० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सेयर थपिदा बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको नाफाबाट करिव ८० करोड रुपैयाँको बोनस सेयर दिने र अपुग पुँजी एक्विजिशनबाट जुटाउने योजना बनाएको छ ।

Share News