काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ।
हाल एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।