नेपाल बैंकको नाफा ह्वात्तै बढ्यो, गतवर्ष भन्दा ७२ करोड बढी

<p>काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर वेचेर एक अर्व १८ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । nepal_bank
गत आर्थिक वर्षमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर वेचेर एक अर्व १८ करोड रुपैयाँ गैर सञ्चालन आमनी गरेको थियो सोही कारण पनि बैंकको खुद आम्दानी बढ्न गएको हो । बैंकको छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ दशमलव २९ मात्र रहेको छ ।
त्यसैगरी बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ अर्व २२ करोड रुपैयाँ निषैप संकलन गरेको छ भने ६६ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव १० प्रतिशत रहेको छ ।

Share News