वायुसेवा निगमलाई ऋण दिन निजी बैंकसमेत अग्रसर, सस्तो व्याजदरमा दिने संस्था खोज्दै निगम

<p>काठमाडौं २९, कात्तिक । नेपाल वायुसेवा निगमलाई एयरबसको वाइडबडि जहाज किन्न निजी बैंक तथा वित्तीय संस्थादेखि नागरिक लगानी र कर्मचारी संचय कोषसम्मले चासो देखाएका छन । निगमलाई दुई वटा वाइडबडि नामक जहाज किन्न सरकारले २५ अर्ब रुपैयाँको जमानी दिएपछि निजी बैंक तथा वित्तीय संस्थाको चासो बढाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमलाई [&hellip;]</p>

काठमाडौं २९, कात्तिक । नेपाल वायुसेवा निगमलाई एयरबसको वाइडबडि जहाज किन्न निजी बैंक तथा वित्तीय संस्थादेखि नागरिक लगानी र कर्मचारी संचय कोषसम्मले चासो देखाएका छन ।

निगमलाई दुई वटा वाइडबडि नामक जहाज किन्न सरकारले २५ अर्ब रुपैयाँको जमानी दिएपछि निजी बैंक तथा वित्तीय संस्थाको चासो बढाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमलाई जहाज किन्न पैसा दिन्छु भन्ने संस्थाको लाइनै लागेको छ । हामीले अहिले यो संस्थाको लिन्छौ भनेर निर्णय गरेका छैनौ, जसले कम व्याजदरमा पैसा दिन्छौ उसैसँग ऋण लिन्छौ, कंसाकारले भने ।
nac-officeNAC
कंसाकारका अनुसार वायुसेवा निगमले यस अघि दुईवटा एयरवसको १५८ सिट क्षमताको न्यारोबडि किनिसकेको छ । यो जहाज किन्दा संचयकोषबाट १० अर्ब रुपैयाँ ऋण लिएको थियो । सो ऋणको नियमित किस्ता तिरिरहेकोले पनि संचय कोष नै फेरि ऋण लगानी गर्न तयार रहेको छ ।

संचयकोष र नागरिक लगानी कोष एक्लैले २५ अर्ब रुपैयाँ ऋण लगानी गर्न तयार रहेको जानकारी औपचारिक रुपमै निगमलाई दिइसकेको कंसकाकारको भनाइ छ । निजी बैंक तथा वित्तीय संस्थालका लागि भने एउटै संस्थाबाट २५ अर्बको लगानी ठूलो भएकोले पनि सहवीत्तियकरण (कन्सोटियम)मा ऋण लगानी गर्न चाहेका छन् ।

निगमका लागि जहाज खरिद गर्न सरकारले जमानी बस्ने सहमति दिएपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाहेक निजी बैंकहरू हिमालय, नबिल, एभरेस्ट, एनएमबीलगायतले लगानी गर्न इच्छा देखाएका हुन । यी बैंकले निगमका महाप्रवन्धक कंसाकारलाई औपचारिक र अनौपचारिक रुपमा जानकारी गराइसकेको पनि निगमको भनाइ छ ।

कंसाकारका अनुसार निगमले संचय कोषबाट १२ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १० प्रतिशतका दरले तिरिरहेको छ । अब नयाँ ऋण लिँदा ६ देखी ८ प्रतिशतसम्ममा ऋण पाइने आशा गरिएको छ । हामीले निजीबाट वा सरकारी संस्था कुनबाट ऋण लिने भनेर निर्णय गरेका छैनौ । जसले सस्तो व्याज र उपयुक्त योजना हामीलाइ दिन्छ उसैबाट लिने पनि कंसाकारले बताए ।

एयरवसले किन्न भर्खर कम्पनी छनोटको चरणमा रहेकोले अझैं १ डेढ महिनाको समय ऋण लिने संस्था छनोट गर्ने समय बाँकी छ । पहिले कम्पनी छनोट गर्ने र त्यसपछि सम्झौता गर्दा र लक अफ मनि (बैना) पठाउने बेलासम्म ऋण तय भए हुने पनि कंसाकारको बुझाई छ ।
निगमका अनुसार सञ्चय कोष र नागरिक लगानी कोष २५ अर्ब रुपैयाँ दिन तयार भएका छन् । निजी वाणिज्य बैंकले भने सहवित्तीयकरणमा ऋण लगानी गर्ने इच्छासहित पटकपटक कुराकानी भइसकेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ठूला जहाज (वाइडबडी) खरिद गर्ने निर्णय गरेर जहाज दिने कम्पनी छनोटको लागि मूल्यांकन गरिरहेको छ । एक महिनाभित्र मूल्यांकन सकेर निगम संचालक समितिबाट निर्णय गरेपछि औपचारिक रुपमा जहाज दिने कम्पनीसँगको डिल सुरु हुने पनि निगमको भनाइ छ । हाल निगममा युरोपेली र अमेरिकीसहित १० वटा कम्पनीले जहाज बेच्ने इच्छासहित निगममा प्रस्ताव पेश गरेको कंसाकारले बताए ।

निगले दुई सय ५० देखि दुई सय ८० सिट क्षमताका दुईवटा एयरबस ए ३३०–२०० सिरिज खरिद गर्ने निर्णय गरेको छ। निगमले बढीमा एक हजार घन्टा(तीन महिना मात्रै उडेको) जहाज लिन सक्ने गरी प्रस्ताव मागेको भएपनि नयाँ जहाजकै पनि प्रस्ताव परेको निगमको भनाइ छ ।

Share News