काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको नेको इन्सुरेन्स २८औं वर्षमा प्रवेश गरेको छ । सफलतापूर्वक सेवा सञ्चालन गर्दै आएको इन्स्योरेन्स जेठ १७ गतेबाट २७ वर्ष पुरा गरी २८औं वर्षमा प्रवेश गरेको हो ।
विगतका वर्षहरुदेखि नै यस कम्पनीले सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा सुधार गर्दै आएको छ ।
सेवा सञ्चालनको २८औं वर्ष प्रवेशको अवसरमा इन्स्योरेन्सले आफ्नो केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरु बीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गर्यो । साथै, यसै उपलक्ष्यमा विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ ।