विदेश अध्ययन गर्न जाने विद्यार्थीले मुद्रा सटही गर्दा तीन प्रतिशत सेवा शुल्क बुझाउनु पर्ने

<p>काठमाडौं । अब नेपाली विद्यार्थी विदेश अध्ययनको लागि जानेक्रममा मुद्रा सटही सुविधा लिँदा तीन प्रतिशत शिक्षा सेवा शुल्क दिनुपर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आर्थिक विधेयकमा सो व्यवस्था गरिएको हो । ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन [&hellip;]</p>

काठमाडौं । अब नेपाली विद्यार्थी विदेश अध्ययनको लागि जानेक्रममा मुद्रा सटही सुविधा लिँदा तीन प्रतिशत शिक्षा सेवा शुल्क दिनुपर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आर्थिक विधेयकमा सो व्यवस्था गरिएको हो ।

‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ’, विधेयकमा उल्लेख गरिएको छ ।

साथै विधेयकमा पैसा सटही गरिसकेपछि विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरी शिक्षा सेवा शुल्क फिर्ताको माग गरेमा प्रकृया बमोजिम सम्बन्धित बैंकबाट फिर्ता गरिने उल्लेख गरिएको छ ।

हालसम्मको अवस्थामा यस्तो शुल्क दुई प्रतिशत रहेकोमा सरकारले आर्थिक विधेयकमार्फत थप एक प्रतिशत बढाएको हो । चालु आर्थिक वर्षको बैशाख महिनासम्म विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुमार्फत ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ ।

Share News