काठमाडौं, २८ कात्तिक । रिलाइन्स फाइनान्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । कात्तिक २६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सेयरधनीलाई बोनस सेयर दिने निर्णय सार्वजनिक भएको दिन फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेको छ । आईतबार यस फाइनान्सको सेयर प्रतिकित्ता ३१६ रुपैयाँमा कारोबार भएको छ । फाइनान्सको चुक्ता पुँजी हाल ३८ करोड ४० लाख रुपैयाँ रहेको छ ।