आईएमई लिमिटेड ‘रेमिटेन्स कम्पनी अफ द इयर–२०१६’ बाट सम्मानित

<p>काठमाडौं, २७ कार्तिक । आईएमई लिमिटेड‘ सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्निया स्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्श दाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्धनिर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मान गरेको छ । सम्मान ग्रहण कार्यक्रममा अध्यक्ष चन्द्रप्रसादढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थिति रहेको [&hellip;]</p>

काठमाडौं, २७ कार्तिक । आईएमई लिमिटेड‘ सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्निया स्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्श दाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्धनिर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मान गरेको छ । सम्मान ग्रहण कार्यक्रममा अध्यक्ष चन्द्रप्रसादढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थिति रहेको थियो ।
ime-best
‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्र्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायिक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्धनिर्देश कढकालले भने ‘यो सम्मानबाट आईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको छ ।’

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले विगत १६ वर्षदेखि ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

Share News