काष्ठमण्डप डेभलपमेन्ट बैंकले २४ प्रतिशत लाभांश दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने

<p>काठमाडौं, २६ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले सेयरधनीलाई २४ दशमलब ६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब २३ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । यस निर्णय अघि बैंकले २३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब [&hellip;]</p>

kasthamandap_dev_bankकाठमाडौं, २६ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले सेयरधनीलाई २४ दशमलब ६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब २३ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

यस निर्णय अघि बैंकले २३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो निर्णयलाई रद्द गरि बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस  र १ दशमलब २३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८३ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५०० रुपैयाँमा कारोबार भएको छ ।

Share News