काठमाडौं । अहिलेको बजारको माग अनुसार शैक्षिक संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले उद्योगी व्यापारीहरुसँंग गरेको मिट एण्ड ग्रेट कार्यक्रममा सहभागी वक्ताहरुले अहिलेको चुनौती सामान गर्नसक्ने दक्ष जनशक्ति आवश्यक भएको पनि बताएका छन् ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले मिलेर अगाडि वढ्न उद्योगी व्यवासायीहरुसँंग आग्रह गरे । आफूहरुले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीहरुको लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले सहकार्य गरेर अगाडि वढ्न उनले आग्रह गरे ।
दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था र उद्योगीहरुबीचको रिलेशन ग्याप हुँंदा कस्तो जनशक्ति बजारमा आवश्यक भइरहेको छ भन्ने विषय नै ओझेलमा पर्न गइरहेको अवस्था रहेको उनले बताए ।
विश्वबजार प्रतिस्पर्धी भएकोले अबका शैक्षिक संस्थाहरुले पढाईसँंगसँंगै प्रत्येक विद्यार्थीलाई एउटा न एउटामा सीपयुक्त विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए । अबको शिक्षा एक विद्यार्थी एक सीपको हुनुपर्छ, उनले चर्चा गरे, नभए त काम नै छैन ।
धेरै शैक्षिक संस्थाहरुलाई अहिले बजारले कस्ता जनशक्ति मागिरहेको छ भन्ने जान्न नै नसकेको उल्लेख गर्दै उनले अबको दस वर्षपछि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अनुसन्धान गर्दै त्यस अनुरुपको विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए ।
अबको दस वर्षपछि सबै काम रोबोर्टले गरेर जनशक्ति नै नचाहिने हुनसक्छ । नयाँं सम्भावनातिर औंल्याउँंदै उदाहरणसहित उनले भने, जस्तो कि अबको दस वर्षमा मानिसले लगाउने कोट नै रोवोर्टले बनाउने छन्, त्यस्तो बेला कोट बनाउने मानिसको खाँंचो नै हुने छैन । बरु यो कोटलाई चिसोको बेला तातो हुने अनि तातोको बेला चिसो हुने विशेषतायुक्त बनाउन चाहि मानिस चाहिने हुनसक्छ ।
यही कारण त्यही अनुसारको जनशक्ति तयार गर्नेतिर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए । शिक्षा जुनसुकै समस्या समाधान गर्नसक्ने क्रिटिकल थिंकिंग भएको, इनोभेटिभ माइन्डको जनशक्ति तयार गर्नुपर्ने खाँंचो रहेको उनले जनाए ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यसअघिसम्म जिल्लावासीहरु अन्तराष्टियस्तरको शिक्षा लिन काठमाडौं धाउनुपर्नेमा अहिले यो अवस्था नभएको भन्दै खुशी व्यक्त गरे । उनले संघ भक्तपुरमा हुने हरेक हरेक व्यापार व्यवसायलाई अगाडि वढाउन तत्परताका साथ लागिपर्ने विश्वास दिलाए ।
संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले अहिलेको वर्तमान व्यापार व्यवसायका चुनौतीको सामाना गर्नसक्ने दक्ष जनशक्ति शैक्षिक संस्थाहरुले उत्पादन गर्नुपर्नेमा जोड दिए ।
स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले देशमै विश्वस्तरको शिक्षा दिने शिक्षालय बनाउने महान उद्देश्यका साथ स्कुल सञ्चाचनमा ल्याएको जनाए । कार्यक्रममा धिमे बाजा बजाई मनोरञ्जन पनि दिलाइएको थियो ।