अबको शिक्षा एक विद्यार्थी एक सीपको हुनुपर्छ – अध्यक्ष झा

<p>काठमाडौं । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारीहरुसँंग परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मिलेर अगाडि वढ्न आग्रह गरे । आफूहरुले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीहरुको लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले [&hellip;]</p>

काठमाडौं । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारीहरुसँंग परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मिलेर अगाडि वढ्न आग्रह गरे ।

आफूहरुले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीहरुको लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले सहकार्य गरेर अगाडि वढ्न आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था र उद्योगीहरुबीचको रिलेशन ग्याप हुँंदा कस्तो जनशक्ति बजारमा आवश्यक भइरहेको छ भन्ने विषय नै ओझेलमा पर्न गइरहेको अवस्था रहेको उनले बताए ।

विश्व बजार प्रतिस्पर्धी भएकोले अवका शैक्षिक संस्थाहरुले पढाईसँंगसँंगै प्रत्येक विद्यार्थीलाई एउटा न एउटामा सीपयुक्त विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए । ‘अवको शिक्षा एक विद्यार्थी एक सीपको हुनुपर्छ, उनले चर्चा गरे, नभए त काम नै छैन’, उनले भने ।

धेरै शैक्षिक संस्थाहरुलाई अहिले बजारले कस्ता जनशक्ति मागिरहेको छ भन्ने जान्न नै नसकेको उल्लेख गर्दै उनले अवको दस वर्षपछि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अनुसन्धान गर्दै त्यस अनुरुपको विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औंल्याए ।

अबको दस वर्षपछि सवै काम रोवोर्टले गरेर जनशक्ति नै नचाहिने हुनसक्छ, नयाँं सम्भावनातिर औंल्याउँंदै उदाहरणसहित उनले भने, ‘जस्तो कि अवको दस वर्षमा मानिसले लगाउने कोट नै रोवोर्टले बनाउने छन्, त्यस्तो बेला कोट बनाउने मानिसको खाँंचो नै हुने छैन, बरु यो कोटलाई चिसोको बेला तातो हुने अनि तातोको बेला चिसो हुने विशेषतायुक्त बनाउन चाहिँ मानिस चाहिने हुनसक्छ ।’

यही कारण त्यही अनुसारको जनशक्ति तयार गर्नेतिर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए । शिक्षा जुनसुकै समस्या समाधान गर्नसक्ने क्रिटिकल थिंकिंग भएको, इनोभेटिभ माइन्डको जनशक्ति तयार गर्नुपर्ने खाँंचो रहेको उनले जनाए ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यसअघिसम्म जिल्लाबासीहरु अन्तराष्टियस्तरको शिक्षा लिन काठमाडौं धाउनुपर्नेमा अहिले यो अवस्था नभएको भन्दै खुशी व्यक्त गरे । उनले संघ भक्तपुरमा हुने हरेक हरेक व्यापार व्यवसायलाई अगाडि वढाउन तत्परताका साथ लागिपर्ने विश्वास दिलाए ।

संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले अहिलेको वर्तमान व्यापार व्यवसायका चुनौतीको सामाना गर्नसक्ने दक्ष जनशक्ति शैक्षिक संस्थाहरुले उत्पादन गर्नुपर्नेमा जोड दिए । स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले देशमै विश्वस्तरको शिक्षा दिने शिक्षालय बनाउने महान उद्देश्यका साथ स्कुल सञ्चाचनमा ल्याएको जनाए ।

Share News