हिमालय एअरलाइन्सले गर्यो बालबलिकाको व्यवसायमा सहयोग

<p>काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपालका बाल–बालिकाहरुको सुरुवाती व्यवसायमा सहयोग गरेको छ । हिमालय एअरलाइन्स्ले प्रयास स्टेप टुर्वाडस एजुकेसन मार्फत सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले बिहीबार नेपालमा आयोजित कार्यक्रममा यसवर्ष शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त एअरलाइन्स्ले स्वावलम्बनको बाटो [&hellip;]</p>

काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपालका बाल–बालिकाहरुको सुरुवाती व्यवसायमा सहयोग गरेको छ । हिमालय एअरलाइन्स्ले प्रयास स्टेप टुर्वाडस एजुकेसन मार्फत सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ ।

एअरलाइन्स्ले बिहीबार नेपालमा आयोजित कार्यक्रममा यसवर्ष शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो ।

उक्त एअरलाइन्स्ले स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एअरलाइन्स्ले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो ।

एअरलाइन्स्ले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक श्री आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे ।

खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एअरलाइन्स्को ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।

Share News