काठमाडौं, २३ कात्तिक । फेवा विकास बैंकले सेयरधनीहरुलाई २० दशमलब ६० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । बैंकको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी ९९ करोड ४९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी एक अर्ब १९ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रतिकित्ता सेयर करिब ६३५ रुपैयाँमा कारोबार भइरहेको छ ।