चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

<p>काठमाडौं । मंगलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । परीक्षाको तयारी पूरा भएसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै परीक्षार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा [&hellip;]</p>

काठमाडौं । मंगलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । परीक्षाको तयारी पूरा भएसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै परीक्षार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

कृष्ण शर्माका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको छ ।
‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्, जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ,’ उनले भने ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । रासस

Share News