नेपालमा भित्रिन्छ घोडा र गधाको मासु, घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग

<p>काठमाडौं २३, कात्तिक । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयत हुँदै आएको छ । राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि [&hellip;]</p>

काठमाडौं २३, कात्तिक । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयत हुँदै आएको छ ।meat

राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि आयात हुनेछ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२ ७३मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको एक सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयत भएको थियो ।

यस्तै अघिल्लो वर्षमा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयत भएको थियो । नेपालमा आयत हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेष्टुरेन्ट, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पार्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् ।

तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन् । अन्नपूर्ण पोष्टबाट ।

Share News