अब नोकियाले एण्ड्रोइड प्लेटफर्ममा स्मार्टफोन बनाउने

<p>काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ। उसले अब विन्डोज फोन भने ननिकाल्ने भएको छ। उसले अव एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन बजारमा ल्याउने भएको हो। माइक्रोसफ्टले किनेपछि विन्डोज फोन निर्माण गरेको [&hellip;]</p>

काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ।

Image result for nokia

उसले अब विन्डोज फोन भने ननिकाल्ने भएको छ। उसले अव एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन बजारमा ल्याउने भएको हो।

माइक्रोसफ्टले किनेपछि विन्डोज फोन निर्माण गरेको नोकिया खासै सफल हुन सकेन। तर अब कम्पनीले नोकियाका दुई नयाँ फोन ल्याउने तयारी गरेको बताइएको छ।

नोकिया विश्वासिलो ब्राण्ड भएकाले एचएमडी ग्लोबल कम्पनीले निर्माण गर्न लागेको बताइएको छ। उसले एण्ड्रोइड को लेटेस्ट ७.० अोएस भएका डिएस वान सी मोडेलका स्मार्टफोन ल्याउने जनाएको छ।

दुई बर्ष पहिले माइक्रोसफ्टले ७ अर्ब डलरमा किनेको थियो । कम्पनीले फिनल्याण्डवाट ट्यावलेट र स्मार्टफोन उत्पादन गर्नका लागि अनमति लियसकेको जनाएको छ।

एजेन्सीको सहयोगमा

Share News