दरबारमार्गको एप्पल वल्र्ड मोबाइलमा ५० प्रतिशत सम्म छुट, सोरुममा अफर नै अफर

<p>काठमाडौं, २२ कात्तिक । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । एकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा [&hellip;]</p>

apple_worldकाठमाडौं, २२ कात्तिक । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । एकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ ।

एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्ने ब्यबस्था गरेको छ । मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडल हेरि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने, ‘आफ्नो मल्टिब्राण्ड सोरुमको प्रमोशनका लागि नेपालमा पहिलोपटक बिशेष छुट सहित यस्तो योजना ल्याइएको हो ।’ जुनसुकै मोबाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा राम्रो भ्यालु दिने सुबिधा समेत रहेको ग्लाइडरले जानकारी दिए ।

विश्व बजारमा पाइने ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एप्पल वल्र्डले ३५० वटा मोडलका मोबाइलको टच एण्ड फिल जोन राखेको बताउँदै निर्देशक संगम राइले विभिन्न कम्पनीका ल्यापटपहरु समेत कारोबारका लागि राखिएको जानकारी दिए ।

सोरुममा सामसुङ, एचटिसी , जेटटिई ,हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी,सिजी , युएमआइ , ओबिआइ, माइक्रोसफ्ट, वान प्लस थ्रि र गुगलफोन का टचएण्ड फिल काउन्टर राखेको छ ।

छट पर्वको दिनबाट शुरु भएको यो योजना स्टक रहुन्जेल मात्र लागू गरिने मर्कनटायल प्लाजामा रहेको एप्पल वल्र्डले जनाएको छ ।

Share News