काठमाडौं, २२ कात्तिक । आइएमई रेमिट्यान्सले दशैंका अवसरमा ल्याएको आइएमई हात हुँदैन खाली योजनाका विजेताहरुलाई स्कुटर प्रदान गरेको छ । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रममा आयोजना गरि सो योजनाका भाग्यसाली विजेता चार जनालाई युएम पावर म्याक्स स्कुटर प्रदान गरेको हो ।
आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बेसडर दिपकराज गिरिले स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् । मलेसियाबाट रकम पठाउने तिलक बहादुर श्रेष्ठ, कतारबाट पैसा पठाउने सुरेन्द्र प्रसाद थारु, मलेसियाबाटै पैसा पठाउने आङ नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठले स्कुटर प्राप्त गरेका थिए । उनीहरुका नेपालमा रहेका आफन्तलाई स्कुटरको साँचो हस्तान्तरण गरिएको हो ।
आइएमईले सो अवधीमा रेमिट्यान्स झिक्ने सबैलाई हात खाली नजाने गरि उपहार प्रदान गरेको थियो । त्यस्तै प्रत्येक दिन लक्की ड्र मार्फत २/२ वटा चन्द्रागिरि केबलकारको टिकट प्रदान गरेको थियो । आइएमईले असोज १ गतेदेखि ३० गतेसम्म हात हुँदैन खाली योजना ल्याएको थियो ।
आइएमईले देशभरका ५२०० सब एजेन्ट तथा १४९ आइएमई सेन्टर मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आईरहेको छ ।