काठमाडौं, २२ कात्तिक । माछापुच्छ्रे बैंकले सेयरधनीलाई २१ दशमलब ०९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र १ दशमलब ०९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय कात्तिक १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ६ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रत्तिकित्ता सेयर करिब ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।