काठमाडौं, २२ कात्तिक । सिर्जना फाइनान्सको ५० प्रतिशत बोनस दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि २ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि राखेको थियो ।
त्यसैगरि राष्ट्र बैंकले अरनिको डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि राखेको थियो ।
राष्ट्र बैंकले स्वीकृति दिएको यी दुबै कम्पनीको सो प्रस्तावलाई कम्पनीको आ– आफ्नो आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।