लिंकन विश्वविद्यालयद्वारा लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित

<p>काठमाडौं । लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित भएका छन् । बैशाख १६ गते ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा भएको लिंकन युनिभर्सिटी विश्वविद्यालय कलेजको पाँचौ दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेजका चारसय छ जना विद्यार्थी दीक्षित भएका हुन् । लिंकन इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्ने एकसय चार र एमबिए अध्ययन गर्ने तीनसय दुई जना [&hellip;]</p>

काठमाडौं । लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित भएका छन् । बैशाख १६ गते ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा भएको लिंकन युनिभर्सिटी विश्वविद्यालय कलेजको पाँचौ दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेजका चारसय छ जना विद्यार्थी दीक्षित भएका हुन् ।

लिंकन इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्ने एकसय चार र एमबिए अध्ययन गर्ने तीनसय दुई जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । अहिलेसम्म विश्विद्यालयबाट २२ सय भन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् ।

दीक्षान्त समारोहमा लिंकन विश्वविद्यालय कलेज मलेसियाका अध्यक्ष प्रा.डा. अमैया भौमिक र प्राे. चान्सलर डा. हज्जा बीबी फ्लोरिना अब्दुल्ला उपस्थिति भएका थिए । दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेज लगायत सो विश्वविद्यालय कलेजसँग आवद्ध ११ वटा कलेजका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

दीक्षान्त समारोहमा विश्वविद्यालयबाट सहभागी भएका अतिथि, विभिन्न कलेजका प्रतिनिधि लगायतले आफ्ना भनाइ पनि राखेका थिए ।

Share News