नेपाल चेम्वर र नेशनल चेम्वर अफ कमर्स बिच समझदारी पत्रमा हस्ताक्षर

<p>काठमाडौं, २१ कात्तिक । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज मलेशियाका पदाधिकारीसंग भेटघाट भएको छ । भेटघाटमा श्रेष्ठले मलेशियाका पदाधिकारीसंग नेपालमा लगानी विस्तार गर्न अनुरोध गरेका छन् । भेटघाटका अवसरमा दुई देश विचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल चेम्वर अफ कमर्स र [&hellip;]</p>

काठमाडौं, २१ कात्तिक । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज मलेशियाका पदाधिकारीसंग भेटघाट भएको छ । भेटघाटमा श्रेष्ठले मलेशियाका पदाधिकारीसंग नेपालमा लगानी विस्तार गर्न अनुरोध गरेका छन् । भेटघाटका अवसरमा दुई देश विचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल चेम्वर अफ कमर्स र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज विच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीले दुई देश विचको आर्थिक सम्वन्ध अझ सुदृढ हुने चेम्वरको विश्वास रहेको छ ।

mou_betwn_ncc_and_ncc_of_ma

 

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा राजनैतिक स्थायीत्व भई लगानीको वातावरण बन्दै गएकोले नेपालमा लगानी गर्न मलेशियाका व्यवासायीहरुलाई अनुरोध गरेका हुन् । उनले सस्तो श्रम, भारत र चीन जस्ता दुई ठुला बजारबाट प्रशस्त फाईदा लिन सकिने भएकोले नेपालमा उद्योग स्थापना गर्न मलेशियाका उद्यमी व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

विनाशकारी भुकम्प पश्चात नेपालमा पुर्ननिर्माणका लागि ठूलो पूजीँ र प्रविधिको आवश्यकता माथि प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले पुर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, जलश्रोतको विकास, खानी तथा खनिजजन्य उद्योग, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।

Share News