पर्यटकीय क्षेत्रलाई चिनाउन महाकाली–मेची साइकल यात्रा

<p>कञ्चनपुर, २१ कात्तिक । नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ । विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएकी महिला फोटो पत्रकार उषा टिटिक्षुले महाकाली–मेची साइकल यात्रा सुरु गरेका हुन् । कञ्चनपुरको दोधारा झोलुङ्गे पुलनजिक बाट शनिबार [&hellip;]</p>

cycle_yatraकञ्चनपुर, २१ कात्तिक । नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ । विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएकी महिला फोटो पत्रकार उषा टिटिक्षुले महाकाली–मेची साइकल यात्रा सुरु गरेका हुन् ।

कञ्चनपुरको दोधारा झोलुङ्गे पुलनजिक बाट शनिबार यात्रा सुरु गरेकी टिटिक्षुले राजनीतिक तथा सामाजिक विषयवस्तुमा मात्र रहेर फोटो पत्रकारिता शुरु गर्दै आए पनि अबको समयमा नेपालको भौगोलिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई विषयवस्तु बनाएर फोटो पत्रकारिता गर्ने बताए ।

महाकालीबाट सुरु भएको साइकल यात्रा अबको चार महिनापछि मेचीमा पुगेर समापान हुनेछ । चार महिनाको अवधिमा नेपालका विभिन्न भौगोलिक स्थानको फोटो खिच्दै जाने र यात्रा समापनपश्चात् देश तथा विदेशमा गएर फोटो प्रर्दशनी गर्ने टिटिक्षुले बताए । देशको पश्चिमी सिमानाका महाकाली नदीको बगरको बालुवामा नेपालको नक्सा बनाउँदै उनले साइकल यात्रा सुरु गरेका हुन् । पश्चिमी सिमानाका महाकालीबाट यात्रु सुरु गरेकी टिटिक्षु आइतबार कञ्चनपुरबाट यात्रामा निस्केका छन् । रासस

Share News