प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको कार्यालय थापाथलीमा

<p>काठमाडौं । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसले नेपाल स्थित आफ्नो मुख्य कार्यालय काठमाडौंको थापाथलीमा शुरुवात गरेको छ । सर्भिसेसले बुधबार एक समारोहको आयोजना गरी कार्यालयको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन लोकप्रिय नायिका स्वस्तिमा खड्काले रिवन काटेर गरेकी थिइन् । कार्यक्रममा अनिल केसरी शाह, वर्षा राउत लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । [&hellip;]</p>

काठमाडौं । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसले नेपाल स्थित आफ्नो मुख्य कार्यालय काठमाडौंको थापाथलीमा शुरुवात गरेको छ । सर्भिसेसले बुधबार एक समारोहको आयोजना गरी कार्यालयको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो ।

कार्यालयको उद्घाटन लोकप्रिय नायिका स्वस्तिमा खड्काले रिवन काटेर गरेकी थिइन् । कार्यक्रममा अनिल केसरी शाह, वर्षा राउत लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सञ्चालक निशान्त शर्माले सर्भिसेसको यो चौथो शाखा रहेको बताएका थिए । उनले विद्यार्थीहरुलाई सही सूचना दिएर गुणस्तरीय र भरपर्दो आप्रवासन सम्बन्धी शिक्षा दिने काममा सर्भिसेसले महत्वपूवर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

उद्घाटन समारोहमा बोल्दै अनिल केसरी शाहले सर्भिसेसले विद्यार्थीहरुलाई उचित परामर्श दिएर अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भूमिका निर्वाह गर्ने बताएका थिए । उनले नेपालमा आफूहरुको पुस्ताले राम्रो वातावरण बनाउन सकेको भए नयाँ पुस्ता विदेश जानपर्ने परिस्थिति नआउने बताउँदै नयाँ पुस्ताले राम्रो शिक्षा लिएर नेपाल फर्केर राम्रो गर्न सक्ने बताएका थिए ।

अस्ट्रेलियाको सिड्नी, क्यानबेरा र हबर्टमा पनि सर्भिसेसको कार्यालय रहेका छन् ।

Share News