मोबाइल हराए के गर्ने? आइएमइआई सुरक्षित राख्नुहोस्

<p>तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ ।   तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको इएमइआइ [&hellip;]</p>

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ ।
 Image result for mobile lost
तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको इएमइआइ नम्बर भने उपलब्ध गराउनु पर्छ ।
प्रत्येक मोबाइल सेटको इएमइआइ नम्बर फरक हुन्छ । इएमइआइ  नम्बर मोबाइलको परिचय दिने १५ वा १७ अङ्कको संख्या हो । यो विशेषगरी मोबाइलको पछाडिको भागमा अर्थात ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06#  डायल गरेर पनि आफ्नो इएमइआइ  नम्बर पत्ता लगाउन सकिन्छ ।
नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा नेपाल प्रहरीले हराएका मोवाइल सेटहरु खोजी गर्ने गरेको छ। आइएमइआई नम्बर सुरक्षित राख्नका लागि तपाइले त्यसलाई इमेल वा डायरीमा टिपेर राख्नुपर्ने हुन्छ।

Share News